अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३ दिनको मौसम पूर्वानुमान : मंगलबारसम्म पानी नपर्ने

३ दिनको मौसम पूर्वानुमान : मंगलबारसम्म पानी नपर्ने

appharu
0
Shares

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ।

आइतबार साँझ नियमित बुलेटिन जारी गर्दै महाशाखाले मंगलबार दिउँसोसम्म वर्षा र हिमपातको सम्भावना जरहेको बताएको छ।

तर राति भने उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा

चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाका सबैमा अनुरोध छ।