अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा विवाद टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

नेकपा विवाद टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

appharu
0
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो ।

कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो ।

उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । आयुक्तहरुको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरु भएको आयोगले जनाएको छ ।

नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीीतक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समम लाग्ने देखिएको समाचार राजधानी दैनिकमा छ ।

दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेस भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिनुपर्छ ।

१५ दिनभित्र जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्नेछ ।

त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमतिबमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेस गरिएका सदस्यहरुको नामावली सनाखतको प्रक्रियासमेत हुनेछ ।