अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन २३ देखि ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

फागुन २३ देखि ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै


काठमाडौं : फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइने भएको छ । बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेदेखि जेष्ठ कोरोना खोप लगाइने जानकारी दिए ।

उनका अनुसार माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत मंगलबारसम्म २ लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएका छन् ।

उनका अनुसार प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ मा ८४ प्रतिशत, बागमती प्रदेशमा ८४ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ७२ र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले खोप लगाएका प्रवक्ता गौतमले जानकारी दिए ।

माघ १४ गतेदेखि पत्रकार, स्वास्थ्यकर्मी, भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाएका थिए ।