अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘तीन वर्षदेखि मुर्छाएका नेकपाका नेता कार्यकर्ता अहिले गाउँ गाउँमा बौरिएका छन्’

‘तीन वर्षदेखि मुर्छाएका नेकपाका नेता कार्यकर्ता अहिले गाउँ गाउँमा बौरिएका छन्’


२०७७ साल पुष ५ गते प्रतिनिधिसभा विघटन लगत्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संस्थापन पक्षले सबै निर्वतमान सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जान उर्दी गर्‍यो । उहाँहरुलाई क्षेत्रमा गएर संसद विघटन गर्नुपर्नाको कारण र जनता रहेको भ्रम चिर्नु पर्ने जिम्मेवारी दिएको थियो । यही निर्देशन बोकेर मोरङ क्षेत्र नं १ बाट निर्वाचित सांसद घनश्याम खतिवडा करिब एकमहिना आफ्नो निर्वाचन क्षेत्रमा बिताउनुभयो । पाँचवर्षको लागि चुनेर पठाएको सांसद तीन वर्ष मै भोट माग्न आएपछि त्यहाँको जनताले उहाँलाई के भने र आज भोलि गाउँघरतिर कस्तो रहेछ त राजनीतिक माहौल ? खतिवडाले नेपाली बहसलाई आफ्ना क्षेत्र अनुभव यसरी सुनाउनुभयो ।

हाम्रो पार्टी विभाजन पुस ५ गते भयो । त्यसपछि केन्द्रीय कमिटीको बैठक भयो । उत्पन्न परिस्थितीका बारेमा प्रधानमन्त्री तथा पर्टी अध्यक्ष केपी शर्मा ओली लगायतका विभिन्न नेताहरुसँग छलफल भयो । उहाँको निर्देशन लिएर म पुसको ११ गते आफ्नो क्षेत्र मोरङतिर लागे ।

करिव दुई तिहाइ मत दिएर पठाएको पार्टीले बनाएको सरकारका प्रधानमन्त्रीले अढाइ बर्ष मै संसद विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेपछि आफ्नै पार्टीका कार्यकर्ता पनि आक्रोसित जस्ता देखिन्थे । मैले उर्लाबारी नगरपालिकाबाट गाउँ पस्ने र पार्टी कार्यकता तथा मतदातालाई भेटघाट गर्न थाले । धेरैको पहिलो सोधाइ हुन्थ्यो “छँदाखाँदाको संसद विघटन गर्ने, पार्टी फूटाउने अनि फेरि भोट माग्न आउने भनेर जनताले मलाई प्रश्नको बर्षा गर्न थाले ।” जनताको आक्रोशपूर्ण सोधाइलाई मैले शान्तपूर्वक सुनेँ । उहाँहरुका जिज्ञासाको जवाफ पनि दिएँ । २०७४ सालको निर्वाचन केपी शर्मा ओलीको नेतृत्वमा भएको एमाले माओवादी गठबन्धनका आधारमा लडिएको हो । केपी ओली मत माग्न देशैभरी जानुभयो । बरु उहाँले आफ्नो क्षेत्रलाई समय दिनुभएन तर गठबन्धनका उम्मेदवार पराजित होलान् कि भनेर सधैं चिन्तित भएर देश दौडाहामा निस्कनुभयो । ओलीको राष्ट्रवादी अडान, भारत र चीनसँगको समदुरी सम्बन्ध, नेपालीका मुर्छाएका सपनाको पुनरुत्थानका कारण नेपालीहरुले ओलीको नेतृत्वलाई पत्याएर मतदान गरेका थिए । त्यसै अनुसार बहुमत आयो । एमाले माओवादी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भयो ।

ओलीले घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्न चाहनुहुन्थ्यो । तर प्रचण्ड र माधव नेपालहरु पदका लागि झगडा गरिरहनुहुन्थ्यो । कहिले आधा कार्यकाल प्रधानमन्त्री चाहियो भन्ने त कहिले कार्यकारी अध्यक्ष चाहियो भन्ने प्रचण्डको रोइलो सबैले सुनेकै हो ।

ओलीले घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्न चाहनुहुन्थ्यो । तर प्रचण्ड र माधव नेपालहरु पदका लागि झगडा गरिरहनुहुन्थ्यो । कहिले आधा कार्यकाल प्रधानमन्त्री चाहियो भन्ने त कहिले कार्यकारी अध्यक्ष चाहियो भन्ने प्रचण्डको रोइलो सबैले सुनेकै हो । माधव नेपाल पनि ओलीलाई हटाएर अध्यक्ष हुन चाहने । प्रधानमन्त्री ओली उहाँहरुलाई सम्झाउनुहुन्थ्यो जनताले हामीलाई देश विकास गर्न र स्थिरताका लागि जनताले यत्रो मत दिएर पठाएका छन् । हामी पदका लागि झगडा गर्न खोजिरहेका छौं । यो बाञ्छनीय होइन । माधव कमरेडलाई अध्यक्ष हुन मन लागेको भए चैतमा महाधिवेशन गरौं, त्यसपछि अध्यक्ष हुनुहोला । प्रचण्ड कमरेडलाई प्रधानमन्त्री हुन मन लागेको भए चुनावसम्म पर्खौ त्यसपछि प्रधानमन्त्री हुनुहोला भनेर प्रधानमन्त्रीले पटक पटक उहाँहरुलाई सम्झाउँदा पनि उहाँहरुले चित बुझाउनुभएन । अन्ततः उहाँहरु प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध महाअभियोगको तयारी गरेर अगाडि बढ्नुभयो । जुन लोकतन्त्र खतरामा पार्ने एउटा सुरुवात कदम हुनेथियो ।

विधि र पद्धतीको कुरा गर्ने तर बीचैमा आफैं मनोनित भएर पद हत्याउने उहाँहरुको दाउ देखेपछि त्यही विधि र पद्धति जोगाउन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गर्नुभएको हो ।

विधि र पद्धतीको कुरा गर्ने तर बीचैमा आफैं मनोनित भएर पद हत्याउने उहाँहरुको दाउ देखेपछि त्यही विधि र पद्धति जोगाउन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गर्नुभएको हो । मैले कार्यकर्ता र मतदातालाई भने- तपाईंहरुले सबै नेताका सबै कुरा सुन्नुभएको छ । गतिविधि र जीवनशैली हेर्नु भएको छ । त्यसकारण प्रधानमन्त्रीले यो बाध्यतात्मक कदम उठाउनुभएको हो । तपाईंहरुले हामीलाई पाँचवर्षका लागि पठाएको हो तर तीन बर्षमै फेरि मत माग्न आउनु परेको छ । यो हाम्रो रहर होइन बाध्यता हो भन्ने कुरा तपाईंहरुले पनि बुझ्नु भएको छ । मैले उर्लाबारी, मिक्लाजुङ, लेटाङका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागिता जनाए । जनताहरुले विस्तारै बुझ्दैछन् प्रधानमन्त्रीले बाध्यताले संसद बिघटन गर्नुभयो । माधव प्रचण्डहरुले जतिसुकै विधानको कुरा गरे पनि उहाँहरुको त्यो ओठे भक्ति भन्दा माथि देखिएन भन्ने जमात बढ्दो छ । विधि विधान त व्यवहारमा पो देखाउने हो व्यवहारमा पदका लागि लड्ने मुखले विधिको कुरा गर्ने पात्र र प्रवृत्तिलाई मेरो निर्वाचन क्षेत्रका जनताले रुचाएका छैनन् ।

झण्डै तीन बर्ष देखि मुर्छाएको नेकपाको राजनीति अहिले गाउँ गाउँमा तातेको छ । झण्डा, ब्यानर बनाउने व्यवसाय चम्केको छ । लकडाउनका बेला बन्द भएका गाडीहरु त्यसको सापोनापो हुने गरी सञ्चालन भएका छन् । पार्टीका गतिविधि बढेका छन् । मानिसहरु कमिटीमा संगठित हुनेक्रम बढेको छ । हाम्रा सबै कमिटीहरु पुनर्गठन गर्नुपरेकोले धेरै जनालाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएपछि हरेक व्यक्ति थप सक्रिय हन्छन् नै । कहिलेकाँही विग्रहको नतिजा पनि राम्रो आउँछ । गाउँ गएर हाम्रा कार्यकर्ता र मतदाताको सक्रियता हेर्दा प्रधानमन्त्रीज्यूले भनेको एउटा कुराको याद आयो मलाई, पार्टीमा फोहोर गर्नेहरु आफैं पाखा लागे । त्यसैले यही विन्दुबाट पार्टीमा शुद्धीकरणको अभियान सुरु पनि भएको छ । कार्यकर्ता देखि मतदाताको कुरा सुन्छु उनीहरुको आशावादी भविष्यको कुरा गर्छन् । समकालिन नेताहरुको तुलना गर्छन् । र, आफैं भन्छन् ‘देशका लागि केही गर्न सक्ने केपी ओलीले हो । उहाँहरुलाई सहज ढंगले काम गर्न दिने वातावरण हामीले बनाइदिनु पर्दछ ।’