अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवीन कार्कीको गीति एल्बम विमोचन

नवीन कार्कीको गीति एल्बम विमोचन


काठमाडौं- गायक नवीन कार्कीद्वारा स्वरबद्ध गीति एल्बम ‘नवीन’को विमोचन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित लेखक कुञ्जमा गीति एल्बम विमोचन गर्नु भएको हो ।

एल्बममा शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज सिवाकाटीको संगीत र गीतकार स्व. रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी देबु, रमेश दाहाल र पुष्करराज बुढाथोकीका शब्द रचना समेटिएका छन् ।

कार्यक्रममा मन्त्री गुरुङले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो । उनले भने, ‘गीत मैले सुनेँ । कर्णप्रिय लाग्यो । शब्द र संगीत उत्तिकै सशक्त रहेको पाएँ । स्वर त्यत्तिकै राम्रो रहेछ । मायाप्रीतिका गीतदेखि राष्ट्रियता एल्बममा समेटिएका रहेछन् । गायक नवीनलाई बधाई दिन चाहन्छु ।’

कार्यक्रममा संगीतकार शक्ति बल्लभले भाषा संगीत बाँचेसम्म गायक कार्कीको गला र कला बाँच्ने बताउँदै भौतिक सम्पत्ति क्षणिक भए पनि संगीत कलाको आयु अनन्त रहेको बताउनुभयो ।