अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मिर्ही’ चलचित्रको गीत र ट्रेलर सार्वजनिक

‘मिर्ही’ चलचित्रको गीत र ट्रेलर सार्वजनिक


काठमाडौं- मगर संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले रफ्तार मिडिया प्रालिले मिर्ही (भाग्य) चलचित्र निर्माण गरेको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको छ ।

नयाँ पुस्तामा आफ्नै संस्कृतिबारे समेत चासो र रुचि घट्दै गएकाले उनीहरूमा संस्कृतिबारे चासो बढाउन चलचित्रले सहयोग गर्ने निर्माताको भनाइ छ ।

चलचित्रका लेखक, निर्देशक, निर्माता एवं नायकसमेत रहेका रमेश रानामगरले चितवनका मगर समुदायलाई कलाकार बनाएर सिनेमा बनाएको बताउनुभयो ।

मगर समुदायको सिनेमा भए पनि भाषा भने नेपालीमै छ । यसकारण अन्य समुदायका दर्शकले पनि चलचित्रबाट मनोरञ्जन प्राप्त गर्ने राना बताउनुहुन्छ ।

यो सिनमा पहिलो चरणमा चितवनका ४४ वटा गुठीसहित मगर समुदायको बहुल्यता रहेको ठाउँमा प्रदर्शन गरिने छ ।