अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन १९ देखि दोस्रो जनकपुर साहित्य महोत्सव

फागुन १९ देखि दोस्रो जनकपुर साहित्य महोत्सव


जनकपुरधाम- जनकपुरमा फागुन १९ देखि २२ सम्म दोस्रो जनकपुर साहित्य महोत्सव हुने भएको छ । नेपाली साहित्यको उन्नयनका लागि जनकपुरमा चार दिनसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो साहित्यको मुख्य आयोजक नवमिथिला फाउन्डेसन हो । यसैगरी बुकहिल पब्लिकेसन तथा सानो पाइला सहआयोजकका रूपमा छन् । सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायत विषयमा १५ सत्रमा ४५ वक्ताहरू सहभागी हुनेछन् । यस सत्रमा १५ जना सहजकर्ताले प्रश्न सोध्ने छन् ।

‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्नेछ,’ शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, ‘जनक, जानकी र विधापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ ।’

यसैगरी साहित्य महोत्सवका निर्देशक तथा सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताउनुभयो । ‘सामाजिक मूल्य, मान्यता र नैतिकता हराएको बेलामा साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई जनकपुर एकताको सूत्रमा जोड्नेछ,’ पाठकले भन्नुभयो, ‘यसले पठन संस्कृतिमा केही योगदान दिने विश्वास छ ।’