अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिनेश रावतको निर्देशनमा चलचित्र ‘प्रकाश’ निर्माण हुने

दिनेश रावतको निर्देशनमा चलचित्र ‘प्रकाश’ निर्माण हुने


काठमाडौं- दिनेश राउतको निर्देशनमा फिल्म ‘प्रकाश’ निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो ।

अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने फिल्म फागुनको दोस्रो साताबाट छायाँकनमा निस्कँदैछ । धनगढीकी रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लाग्नु भएको हो ।

फिल्ममा प्रदीप र रेनुको अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहने छ ।

विकास सुवेदीको कथा रहेको फिल्म बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा महेन्द्र अधिकारीले निर्माण गर्न लाग्नु भएको हो । फिल्ममा राजेश श्रेष्ठको छायाँकन र जीवन थापाको सम्पादन रहेको छ ।