अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गडसेरी समाजको दोस्रो साधारणसभा सम्पन्न

गडसेरी समाजको दोस्रो साधारणसभा सम्पन्न


कैलाली- सृजनशिल गडसेरी समाजको दोस्रो साधारणसभा सम्पन्न भएको छ । धनगढीको त्रिनगर माविको सभाहलमा शनिबार सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष भोजबहादुर शाहले गर्नुभएको थियो भने सञ्चालन डिल्लीराज जोशीले गर्नुभएको थियो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।

उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कोषाध्यक्ष पद्मा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव सुभाषचन्द्र भण्डारीले संघसस्थाको गतिविधि र प्रगति विवरणसहित भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

धनगढी उपमहानगरपालिका-५ का वडाध्यक्षलगायत तिर्थराज ओझा (गडसेरी माइला), कैलाली जिल्ला बार एसोसियनका अध्यक्ष सिद्धराज ओझा, समाजसेवी जयराज भण्डारी, जिल्ला निर्वाचन कार्यालय, कैलालीका प्रमुख प्रेमराज भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी शिक्षाप्रेमी तथा समाजसेवी साहित्यकार डिल्लीराम भण्डारीद्वारा लिखित ‘मेरो जन्मभूमि’ कविता सङ्ग्रह समेत कार्यक्रममा विमोचन गरिएको छ ।

गडसेरा घर भएर हाल लालपुर बस्ने जेष्ठ नागरिक तुलछीधर भट्ट, उत्तरबेहडी बस्ने भवानिदत्त भट्ट, र हसनपुर बस्ने दलबहादुर देउवालाइ दोसल्ला ओढाइ सम्मान गरिएको छ ।