अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद गंगा चौधरी सत्गौवा प्रधानमन्त्री ओलीको पक्षमा

सांसद गंगा चौधरी सत्गौवा प्रधानमन्त्री ओलीको पक्षमा


काठमाडौं– नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने बताउनुभएको छ ।

नेकपामा सांसद तानातान चलिरहेका सत्गौवाले मंगलबार लिखित धारणा सार्वजनिक गर्दै पार्टी विभाजन हुने अवस्था आएमा आफू ओली समूहतिर लाग्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ मा संघीय संसदमा दर्ता अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गर्नुभएको थियो ।

माया ज्ञवालीले ओलीलाई साथ दिएको साता दिन नबित्दै चौधरी पनि त्यही नीतिमा अघि सर्नुभएको छ । उहाँले नेकपा कानुनी रुपमा विभाजित हुने अवस्था आएमा आफूलाई जनताको बहुदलीय जनवाद र राष्ट्रियताको पक्षमा खरो उत्रिने समूहलाई साथ दिने बताउनुभयो ।

ुअन्तिममा पार्टी फुट्ने निश्चित नै भयो भने कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधार को प्रतिनिधित्व गर्ने राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने दुवै मित्र राष्ट्र लाई समदुरीमा राख्न सक्ने ल्याकत भएको जनजीविकाको सवाललाई उच्च प्राथमिकता दिने राजनीतिक स्थिरताको पक्षधर, मुलुकको विकास र समृद्धिको लागि खरो उत्रन सक्ने क्षमता भएको र आमजनताले तुलानात्मक रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ,’ उहाँको भनाइ छ ।