अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमति घोषणाअघि नेता बास्तोला रिहा

सहमति घोषणाअघि नेता बास्तोला रिहा


काभ्रे- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति घोषणाअघि सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा हुनुभएको छ ।

शुक्रबार बिहान बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त हुनुभएको काभ्रे प्रहरी प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँलाई श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाइएको छ ।

सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो । रिहा भएपछि उहाँले पत्रकारलाई प्रतिक्रिया दिँदै राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताउनुभयो ।

वास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट करिब डेढ महिना अघि पक्राउ गरिएको थियो ।