अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सगरमाथा आरोहण गर्न नेपाल आउँदै बहराइन राजपरिवारका सदस्यसहितको टोली

सगरमाथा आरोहण गर्न नेपाल आउँदै बहराइन राजपरिवारका सदस्यसहितको टोली


काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ ।

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी चैत २ गते बहराइनबाट नेपाल प्रस्थान गर्ने निश्चित भएको जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टे«कस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।