अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेवको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री भैंसेपाटीमा

वामदेवको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री भैंसेपाटीमा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी पुग्नु भएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली कमरेड वामदेव गौतमको स्वास्थ्य स्थिति बुझ्न उहाँको निवास भैंसेपाटी पुग्नुभएको छ,’ प्रेस सल्लाहकार थापाले फेसबुकमा लेख्नु भएको छ ।

उपाध्यक्ष गौतम घरभित्रै लडेर सामान्य घाइते भएका बताइएको छ ।