अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा संसदीय दलको बैठक आज बस्दै, प्रचण्ड समूहका सांसद्लाई पनि बैठकमा सहभागी हुन एसएमसमार्फत आग्रह

नेकपा संसदीय दलको बैठक आज बस्दै, प्रचण्ड समूहका सांसद्लाई पनि बैठकमा सहभागी हुन एसएमसमार्फत आग्रह


काठमाडौं– नेकपा संसदीय दलको बैठक आज बस्दै छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधि सभा बैठक आव्हान गर्नुभएको छ । सोही बैठकबारे छलफल गर्न नेकपाले संसदीय दलको बोलाएको हो ।

नेकपाका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार मूलधारबाट छुट्टिएर गएको प्रचण्ड समूहका सांसद्लाई पनि बैठकमा सहभागी हुन एसएमसमार्फत आग्रह गरिएको छ । नेकपा कानुनी रूपमा विभाजन नभएकाले बैठकमा सहभागी हुन भनिएको बताइएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को निर्णय फागुन ११ गते बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको थियो । सरकारले त्यसको कार्यान्वयन गर्दै बैठकका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।