अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री पोखरेलका नजरमा प्रधानमन्त्री ओलीले गर्नुभएका महत्वपूर्ण १९ काम

मुख्यमन्त्री पोखरेलका नजरमा प्रधानमन्त्री ओलीले गर्नुभएका महत्वपूर्ण १९ काम


काठमाडौं- संस्थापन नेकपाका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका कामको विवरण प्रस्तुत गर्नुभएको छ । उहाँले चौतर्फी घेराबन्दीका बीच पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको बताउनु भएको छ ।

‘धेरै काम गरेर पनि ओली घेराबन्दीमा परेको पोखरेलको बुझाई छ । ‘तर पनि यतिबेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘पार्टी एकता संकटग्रस्त बनेको छ। राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदै । सबैपक्ष गम्भीर र जिम्मेवार बनौँ ।’

उहाँले प्रधानमन्त्री ओलीकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण, जातीय, क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक सामना, भारतीय नाकाबन्दीको सामना र सफलता, चीनसँगको पारवाहन सम्झौता गर्न सकिएको समेत बताउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रस्तुत गर्नुभएको ओली सरकारको सफलताको विवरण :

– विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण

– जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना

– भारतिय नाकाबन्दीको सामना र सफलता

– चिनसँगको ऐतिहासिक पारवान संझौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण

– नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि

– सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व

– भारत र चिनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास

– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना

– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती

– पूर्वाधार विकासमा तिव्रता

– रणनीतिक विकास आयोजनाहरू  (रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी

– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम

– विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व

– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण

– तराई मधेसको विकासमा तिव्रता

– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि

– सडक मानवरहीत अभियानको नेतृत्व

– स्वास्थ पूर्वाधार विकासमा क्रान्ति

– कोभिड-१९ महामारीको सफलतापूर्वक सामना आदि ।

मुख्यमन्त्री पोखरेलको स्टाटस