अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँ : अर्थमन्त्री पौडेल

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँ : अर्थमन्त्री पौडेल


काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राथमिकताकाे आधारमा काेराेना विरुद्धको खोप सबैलाई उपलब्ध गराउने बताउनुभएको छ ।

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले काेराेना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।

‘हामी खाेप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा खाेप पुर्‍याउछौँ’, उहाँले भन्नुभयाे, ‘सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताकाे आधारमा खाेप उपलब्ध गराउछौँ ।’

यस्तै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।

सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।