अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी


काठमाडौं- मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको हो ।

सुरुङको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौंमा स्वागत गर्दै बागमती नदीमा बगाउनुभएको छ ।

आज लामो सपना पूरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई बागमतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाडौंमा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ ।