अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा जिप दुर्घटना, तीन जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना, तीन जनाको मृत्यु


दार्चुला- जिल्लाको लेकम गाउँपालिका-६ स्थित उचाकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दार्चुला प्रहरीका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा गाडी धनी पदमराज पन्तको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।

यसअघि घटनास्थलमै जिप चालक लकम गाउँपालिका-६ का करन नाथ र शैलेशिखर नगरपालिका ८ का गाडी धनीकी आमा सुनादेवी पन्तको मृत्यु थियो ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग ३ च १६९३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते चार जना घाइतेलाई उपचारका लागि गोकुलेश्‍वर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।