काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरूलाई जानकारी नभए सर्वोच्च अदालत जान सुझाव दिनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलले यस्तो सुझाव दिनुभएको हो ।
‘प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो भनेर,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘नेकपाको म साधारण सदस्य पनि होइन । अदालतले नै भन्यो कुन पार्टीको अध्यक्ष हो भनेर । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा नपाउने हो भने सर्वोच्च अदालतमा सोध्न जानुस् ।’
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्द्र प्रश्न गर्नुभएको थियो ।
प्रतिक्रिया