संसारभरी नै शहरी जनसंख्याको वृद्धिमा सयौं कारक तत्व हुन्छन्। त्यसमध्ये आर्थिक दृस्टिकोणबाट हेर्ने हो भने शहरी आकर्षण,सुविधा र रोजगारीको केन्द्रीयकरण मुख्य आधार हुन। जब शहरीकरण व्यापक हुन्छ, क्रमश ग्रामीण जनसंख्या शहरका अवसर र सुविधाप्रति आकर्षित हुन्छ। खासगरी सडक व्यापारबाट जीवन धान्न र सन्तानको शिक्षा दिक्षा शहरी बसाँइसराइको मुख्य आकर्षणको कारण हो।नेपालको सन्दर्भमा त गाउँहरु अत्यन्तै पिछडिएको र रोजगार शिक्षा स्वास्थ जस्ता आधारभुत कुराहरूवाट बन्चित क्षेत्र हुन ,मानिस त्यहाँ नअडिनु र शहर र काठमाडौं केन्द्रित हुन खोज्नु अति स्वभाविक मानवीय हर्कत हुन्।
त्यसैले गाउँबाट शहर आएको जनसंख्या शहरभित्रको एउटा न्युन आर्थिक वर्ग हो जो शहरी सभ्रान्त सामन्ती चिन्तकहरुको लागि अपाच्य हुन्छन। सरकारी दृस्टिकोण पनि यस्तो जनसंख्याप्रति अपमानपुर्ण हुन्छ जब सरकार अहिले जस्तो पपुलिज्मको आडमा बनेको नवधनढ्यहरुको हातमा पुग्छ।
यसरी बाहिरवाट शहर भित्रिएको र सुकुम्बासी भनिएको जनसंख्या भुमिहिन नहुन सक्छ, तर शहरमा उस्को आफ्नै जमिन नहुन सक्छ, वा कुनै सार्वजनिक जमिनमा बसेको हुन सक्छ। यो मुलत कामदार वर्ग हो न्यून बर्गीय ज्यालादारी मजदुर हो। त्यसैले उस्को अस्थायी नै भए पनि जागीर हुन सक्छ, दैनिक १५घण्टासम्म काम गरेर आयस्रोत केही बलियो बनाएको पनि हुन सक्छ । मोटरसाइकल वा गलामा सिक्री वा हातमा औंठीं पनि हुन सक्छ । छोराछोरी बोर्डिङ स्कुल पढाएको पनि हुन सक्छ्न। त्यसो भएकै कारण उनीहरुलाइ लखेट्नुपर्छ भन्ने तर्क अमानविय तर्क हो । यो प्रधानमन्त्री बालेन्द्र शाह वा अर्थमन्त्री स्वर्णीम वाग्ले जस्ता निरपेक्ष कम्युनिस्ट बिरोधी नवधनाढ्य सामान्तीहरुको तर्क हो।

यसरी गाउँबाट शहर छिरेका मान्छेहरु आफ्नो भबिष्यको लागि शहर गएर अव्यवस्थित बसोबास गरिरहेको समुह हुन् अहिले सुकुम्बासी भनेर लखेटिएकाहरु। यस्को व्यवस्थापन गर्नु सरकारको कर्तव्य थियो । आवासविहिन बनाउनु वा विस्थापन गर्नु चैं मानव अधिकार विरोधी कार्य हो। उनीहरुले जहाँ बसेको हो त्यही बस्छौं भन्न नपाउलान, तर उनीहरुको बसोवास भत्काउनु भन्दा पहिला ति घरबारबिहिनलाई कहाँ राख्ने भनेर निश्चित गर्नुपर्दैन रु
नव सामन्त शहरीया सभ्रान्त बर्ग अराजक तर्कमा अडिएको छ। सुनका गहना लगाउन सक्ने र छोराछोरी बोर्डिङ पढाउने कसरी सुकुम्बासी हुन्छ रु भन्ने जस्त कुतर्क गर्छन् । कमाउने क्षमता हुनु र आवाश नहुनु पृथक कुरा हुन। राज्यको दृष्टिकोणमा सुकुम्बासी भनेको आवासहिनहरुको समुह हो जस्ले राज्यबाट आवास प्राप्त गर्ने अधिकार छ भन्ने मानवीय परिभाषा हुनु पर्दैन रु उनीहरुको बिस्थापन समाधान हो रु उनीहरु पनि देशका बराबर हक राख्ने समान नागरिक हुन।
राजधानीमा ठुलठुला घर भएका धनीहरू स्वयं नेपाल बस्न नचाहेर युरोप, अमेरिका वा अस्ट्रेलिया बसाइँ सरिरहेका छन भने, के ती सुकुम्बासीहरू रहरले वा लालपुर्जाको लोभले दुर्गन्धित बागमती किनारमा जीवन बिताउन गएका होलान् त रु
सुकुम्बासी बस्तीमा भूमिहीन मात्र खोज्ने हो भने केही सय परिवार मात्र होलान्, तर त्यहाँ त निम्न वर्गीय मजदुर र गाउँमा रहेको जमिनले साग पनि खान नपुग्ने मान्छेहरू रोजगारी गरेर बसिरहेका छन्। बागमती किनारको मुख्य समस्या अव्यवस्थित बसोबासको नभई रोजगारी र जीविकोपार्जनको समस्या हो। तर नव सामान्तवादी बर्गको प्रतिनिधित्व गर्ने अहिलेको बालेन सरकारले न्युनतम मानवीय संवेदना समेत ख्याल नगरी आवास र जीविकोपार्जनको समस्यालाई विवेकहिन तरिकाले क्षतविक्षत गर्नुलाई प्राथमिकतामा राख्यो।
देशमा सबै नागरिकलाई गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म, कुनै निश्चित भूगोल वा वर्गका मानिस मात्र सुकिलामुकिला भएर बस्न पाइँदैन। यदि राज्यले यस्तो विभेदकारी नीति लिन्छ भने, सुकुम्बासी बस्तीबाट लखेटिएकाहरू र उनीहरूजस्ता देशभरका सम्पूर्ण सर्वहारा वर्गले राज्यविरुद्ध विद्रोह गर्ने नैतिक र सार्वभौम अधिकार राख्छन्।एउटै परिवेसमा कोही यत्तिकै धनी र कोही यत्तिकै गरिब भएका हुँदैनन्। कोही सुकुम्बासी हुनुमा कसैले थुपारेको लुकाएको वा सुनचाँदी बनाएर राखेको धनको पनि भुमिका हुन्छ। तपाईंलाई लाग्दैन अहिलेका नवधनाढ्या अरबपती मन्त्री सांसदहरुको सामान्तवादी सोच नै देशको बर्गीय बिभेदको कडि हो भनेर ।
त्यसैले कसैलाई आक्षेप लगाउदा बिचार गरौं । कसैको आस्था,अस्तित्व र आत्सम्मान भन्ने कुरा ठोस रुपमा देखिने कुरा होइनन् महसुष गर्ने कुरा हुन् । भविष्यको खोजीमा गाउँबाट सहर छिरेकाहरुले सहरी जीवनलाई विलासी र वैभवयुक्त बनाएका हुन् । तिनै सुकुम्बासी बस्तीमा बस्नेहरुलाई शहरीयाहरुले सस्ता मजदुरका रुपमा प्रयोग गरेका छन् । उनीहरुलाई सहरका खोला किनारबाट हटाएपछि सहरमा घरेलु कामदारको अभाव भएको छ । अब यो मानव स्रोत शहरीयाले कहाँबाट परिपूर्ती गर्लान् वा आफैं झाडु पोछा लिएर महलहरु पुछ्न निस्केलान् । फेरी श्रम र उत्पादनको सम्बन्ध भने नङ र मासुको जस्तो हो । विशिष्ट क्षमता भएका व्यक्तिहरुले घर सफा गर्न उपयोग हुने समय आफ्नै विशेषज्ञताको क्षेत्रमा बेच्न सक्छ । त्यसबापत उसलाई मजदुरलाई तिर्ने ज्याला भन्दा कयौं गुणा बढी रकम आर्जन हुनसक्छ । त्यसैले शहरको जीवनलाई समृद्ध बनाउन उनै गाउँबाट सहर छिरेका सुकुम्बासीको महत्वपूर्ण योगदान छ भन्ने नविर्सौं ।




प्रतिक्रिया