भक्तपुर -नेकपा एमालेको जारी सचिवालयको बैठकमा अध्यक्ष बाहेक नेताहरुले बोल्ने क्रम सकिएको छ ।
तीन दिन अघि सुरु भएको बैठकमा केन्द्रीय सचिवालयका सबै नेताहरुले लामो समय लिएर मन्तव्य राखेका छन् । आजको बैठकमा सचिवहरु यामलाल कडेंल,शेरधन राई,भानुभक्त ढकाल र खगराज अधिकारीले आफ्नो धारणा राखेका छन् । आज बोल्ने नेताहरुले नेतृत्वमा देखिएका केही कार्यशैलीगत समस्यालाई सुधारेर अघि बढ्नुपर्ने धारणा राखेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार अहिले खाजा ब्रेक भएको छ । त्यसपछि अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नको विस्तृत जवाफ दिने कार्यक्रम छ । अध्यक्षको सम्बोधन पछि मात्र अस्ती ८ गते तय गरेका एजेण्डामा प्रवेश गरिने ति नेताले बताए ।




प्रतिक्रिया