अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौ घण्टा देखि एमाले सचिवालयको बैठक जारी

नौ घण्टा देखि एमाले सचिवालयको बैठक जारी


भक्तपुर- नेकपा एमालेको केन्द्रीय सचिवालय अझै जारी छ ।
विहान ११ बजे देखि अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठक जारी रहेको हो । आजको बैठकमा चारजना सचिवहरुले धारणा राखेका थिए । भानुभक्त ढकाल,शेरधन राई,यामलाल कडेंल र खगराज अधिकारीले आज बैठकमा आफ्ना भनाइ राखेका थिए । अन्य १४ जना नेताहरुले अस्ती र हिजो बोलेका थिए । उपाध्यक्ष देखि सचिवसम्मले धारणा राख्ने क्रममा विभिन्न प्रश्नहरु राखेपछि राखेपछि अध्यक्ष ओलीले आफ्ना धारणा सहित ति प्रश्नहरुको जवाफ दिइरहनु भएको एक पदाधिकारीले जानकारी दिए ।
निर्वाचनपछि यति लामो समय लिएर एमलेको सचिवालय पहिलो पटक बसेको हो । बैठकमा निर्वाचनको समिक्षा,निर्वाचनमा हारको कारण,११ औं महाधिवेशनपछि गठन भएको केन्द्रीय कमिटीको कार्यविभाजन लगायतका विषयमा छलफल भएको हो । यसैगरी केही पदाधिकारीहरुले पार्टीको पुस्तान्तरण र रुपान्तरणको समेत विषय उठाएका छन् ।