अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा हटाएर धमाधम एमालेको बोर्ड र झण्डा फहराइँदै

नेकपा हटाएर धमाधम एमालेको बोर्ड र झण्डा फहराइँदै


काठमाडौं- आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै ठाउँठाउँमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ ।

विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको हो ।

मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा पूर्व एमालेका नेताकार्यकर्ताले कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राख्न थालेका हुन् ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।