अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख प्रचण्डको छायाँ बनेपछि…

सभामुख प्रचण्डको छायाँ बनेपछि…


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा सरकारको झगडिया हुनुभएका सभामुख अग्निप्रसाद सापकोटा नेतृत्व लिएको एक वर्षमै असफल हुनुभएको छ ।

सभामुख सापकोटाले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सुचारु गराउन सक्नुभएन । संसदीय इतिहासमा पहिलो बैठकमा भाँडभैलो भएको पहिलो हो । ‘विगतमा यस्तो कहिल्यै भएको थिएन,’ संसद सचिवालयका एक पूर्वसचिव भन्नुहुन्छ, ‘पहिलो बैठकमा यति धेरै भद्रगोल कल्पना पनि गर्न सकिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै सेटिङ गर्न खोज्दा यो अवस्था आएको हो । प्रचण्ड–माधव पक्ष र कांग्रेससँगको सल्लाहमा नै सभामुखले पहिलो बैठक प्रभावित बताउनुभएको हो । किनभने उहाँ अध्यादेशको विपक्षमा पहिलेदेखि नै हुनुहुन्थ्यो ।

सभामुखले सरकार र प्रधानमन्त्रीको मानमर्दन गर्न जानीजानी भीम रावललाई बोल्न समय दिनुभएको थियो । पहिलो बैठकमा जरुरी ध्यानाकर्षणबाहेक त्यति लामो समय बोल्न दिइँदैनथ्यो ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाउन नसक्नु असक्षमताको पराकाष्ठा हो । प्रधानमन्त्री एवं तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएपछि माओवादी प्रतिनिधित्व नहुने भएकाले समितिको बैठक बोलाइएन ।

महत्वपूर्ण कार्यसूची तय गर्दा, प्रतिनिधि सभा अधिवेशन सुरु र अन्त्यमा त झन् समितिको बैठक अनिवार्य बोलाइन्छ ।