अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा आजदेखि माओवादीको सिट छुट्याइयो, तर सत्तापक्षमै रहने

संसदमा आजदेखि माओवादीको सिट छुट्याइयो, तर सत्तापक्षमै रहने


काठमाडौं– पार्टी एकता अस्वीकृत भएपछि नेकपा माओवादी केन्द्र बुधबारदेखि अलग सिटमा बस्ने भएको छ ।

२०७५ जेठ पहिलो सातादेखि एमालेसँगै मिसिएर बसेको नेकपा बुधबारदेखि अलग सिटमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको उहाँको भनाइ छ ।

पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताउनुभयो ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो ।