अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलद्वारा राहत सामग्री हस्तान्तरण

ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलद्वारा राहत सामग्री हस्तान्तरण


विराटनगर- नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । टोलीमा प्रदेश सांसद प्रतापप्रकाश हाङगामा र चन्द्रप्रसाद श्रेष्ठ सहभागी हुनुभएको थियो ।

प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्वीन्टल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेक्स, तन्ना, ब्लांकेट एकसय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उलब्ध गराइएको हो । संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई वितरण गर्न बाँकी सामग्री हस्तान्तरण गरेको थियो । लिम्बूले गाउँपालिकाको समयन्त्रमार्फत बाँकी परिवारालाई राहत विरतण गरिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार रु. ५० हजार उपलब्ध गराउने घोषणा गरेको भएपनि त्यो अपुग हुने देखिएको आफूहरुको ठहर भएको कार्कीले बताउनुभयो ।

एघार दिनअघि ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको थियो ।