अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् राष्ट्रिय कर दिवस २०८३ का २० उत्कृष्ट करदाता (सूचीसहित)

यी हुन् राष्ट्रिय कर दिवस २०८३ का २० उत्कृष्ट करदाता (सूचीसहित)


काठमाडौँ-आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ ।

विभागले यस वर्ष सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा विभिन्न व्यावसायिक क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याउने करदाताहरूको विवरण सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड परेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधि क्षेत्रबाट तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।

यसैगरी, प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट व्यावसायिक योगदान गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई ‘एक्सेप्सनल बिजनेस’ विधातर्फ सम्मान गरिएको छ । भाटभटेनीका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी थिइन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समारोहमा उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कर दिवसका अवसरमा विभागले कर प्रणालीमा योगदान पुर्‍याउने करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा उत्कृष्ट करदाता छनोट गरी सम्मान गरेको हो ।

यी हुन् यस वर्षको उत्कृष्ट करदाताको पूर्ण सूची

१. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल

२. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल

३. वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि

४. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल

५. कृषि एवं व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स

६. बैंकिङ क्षेत्रमा : नबिल बैंक

७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल

८. पर्यटन व्यवसायमध्ये : सोल्टी होटल लिमिटेड

९. वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि

१०. ५०–१०० करोडसम्मको कारोबारमध्ये : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि

११. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि

१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड

१३. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह

१४. मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरै : हिमालयन डिस्टिलरी लिमिटेड

१५. ५० करोडसम्म कारोबार गर्नेमध्ये : इम्पेरियल सेक्युरिटिज प्रालि

१६. विशेष उद्योगमध्ये : वरुण वेभरेज नेपाल प्रालि

१७. जीवन बीमातर्फ : लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड

१८. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

१९. लघुवित्तमध्ये : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेस : भाटभटेनी सुपरमार्केट