अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सक्रिय राजनीतिबाट बिदा भएकाहरू माधव-झलनाथ भेलामा

सक्रिय राजनीतिबाट बिदा भएकाहरू माधव-झलनाथ भेलामा


काठमाडौं– माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सक्रिय राजनीतिबाट बिदा भएका नेताहरुको वर्चश्व देखिएको छ ।

रोचक त के छ भने राजनीतिबाट सन्यास लिएका मोदनाथ प्रश्रितसमेत भेलामा सहभागी हुनुभएको छ । उहाँ पूर्वमन्त्री एवं एमाले नेता विजय पौडेलका बुवा हुनुहुन्छ ।

सक्रिय राजनीतिबाट अलग हुने अवस्थामा पुग्नुभएका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला, पूर्वराजदूत सुशीलचन्द्र अमात्य, केशरमणि पोखरेल, गोविन्द ज्ञवाली, गोपीरमण उपाध्याय सहभागी हुनुभएको छ ।

पुराना कम्युनिस्ट नेता शीतल झासहित मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, कमल कोइराला सहभागी हुनुभएको छ । प्रदीप नेपाल आउने जानकारी गराए पनि कार्यक्रममा देखिएन ।

कार्यक्रममा माधवकुमार नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भूसालगायत सहभागी हुनुभयो ।