अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा उम्मेदवार हारेका ठाउँमा खटायो ४० समानुपातिक सांसद, को कहाँ ?

रास्वपा उम्मेदवार हारेका ठाउँमा खटायो ४० समानुपातिक सांसद, को कहाँ ?


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा समानुपातिक सांसदलाई खटाएको छ।

रास्वपा केन्द्रीय समिति बैठकले सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिएको हो। प्रत्यक्ष निर्वाचित सांसद नभएको क्षेत्रमा समानुपातिक प्रणालीबाट आएका सांसदलाई जिम्मेवारी तोकेको छ। 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १२५ निर्वाचन क्षेत्रमा जितेको छ। समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको थियाे। प्रत्यक्ष निर्वाचित सांसदलाई सोही क्षेत्रको जिम्मेवारी दिइएको छ। बाँकी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिएको हो। 

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचन मा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ र सो जिम्मेवारीको सूची आमसञ्चार माध्यम मार्फत आम नागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ।’

हेर्नुहोस् सूचीः