अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट


काठमाडौँ-नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालसँग मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

दुई पक्षीय भेटघाटमा नेपाल–अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको बताइएको छ ।

दुई देशको हितका क्षेत्रमा थप सहकार्य गर्ने तथा आर्थिक साझेदारीका अवसरहरू खोजी गर्ने प्रतिबद्धता दुवै जनाले गरेको मन्त्रालयले जनाएको छ । नेपाल र अमेरिकाबिचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई आर्थिक विकासको आधारसँग जोडेर अघि बढाउने विषयमा भएको यस खालको छलफललाई निरन्तरता दिने कुराकानी भएको बताइएको छ ।