काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले हप्तामा दुई, तीन पटकसम्म नयाँ-नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए।
‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ। घरि के घरि के भनेर,’ अध्यक्ष साम्पाङले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’






प्रतिक्रिया