अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र ‘A’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘A’ को प्रदर्शन मिति घोषणा


काठमाडौं– चलचित्र ‘A’ को प्रर्दशन मिति घोषणा भएको छ ।

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र ‘A’ आगामी २०७८ सालको तिहारमा हुने भएको हो । तिहारमा चलचित्रलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए ।

यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, विकेश प्रजापति, सुरज विष्ट, गित विष्ट र विपिन कार्की लगाएत रहेकाछन् भने बाल कलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।

चलचित्रको छायाँकन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहने छ । चलचित्रमा द्वोन्द्व राजु किराँतको रहेको छ भने संगीतमा सुरेश गैरे रहेका छन् ।

यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।

चलचित्रको नेपालभरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ले लिएको छ ।