काठमाडौं- एक जना बन्दुकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरी अधिकृतसमेत छन् ।
अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिए पनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाउनुभएन ।
अधिकारीहरूले गोली प्रहारबाट मृत्यु भएका ब्यक्तिको परिचय खुलाएको छैन् । परिवारजनलाई जानकारी गराएपछि मात्रै ब्यक्तिको परिचय खुलाइने बताइएको छ । एजेन्सी
प्रतिक्रिया