अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० गते बस्ने


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको १४ औं महाधिवेशन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारीसहित अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने तय भइसकेको छ । त्यसअघि असारमै वडा अधिवेशन सुरू गर्नुपर्ने हुन्छ । क्रियाशील सदस्यताको टुंगो नलगाइ वडा अधिवेशन पनि गर्न सकिँदैन । चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नुपर्ने समय पनि कांग्रेसले तोकेको थियो । तर केही जिल्लामा अझै काम बाँकी रहेको बताइएको छ ।

क्रियाशील सदस्यता छानबिन गर्न कांग्रेसले समिति नै बनाएको छ । ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति बनाएको थियो ।