अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णुमती नदीमा बाढीको जोखिम, गोङ्गबुमा जलसतह खतरा तह नजिक

विष्णुमती नदीमा बाढीको जोखिम, गोङ्गबुमा जलसतह खतरा तह नजिक


काठमाडौं-काठमाडौँस्थित विष्णुमती नदीमा बाढी बढ्दै गएपछि गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै विष्णुमती नदीमा जलसतह बढिरहेको जनाएको हो। महाशाखाका अनुसार जलसतह खतरा तह नजिक पुगेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढीको जोखिमबाट सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

नदीको जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भव भएसम्म सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।