अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग रविको भेट, बाढी प्रभावितको खोजी, उद्धार र राहतबारे ब्रिफिङ

राष्ट्रपति पौडेलसँग रविको भेट, बाढी प्रभावितको खोजी, उद्धार र राहतबारे ब्रिफिङ


काठमाडौँ– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई बाढी प्रभावित क्षेत्रको खोजी, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी गराएका छन्।

सभापति लामिछाने सोमबार दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा सभापति पौडेलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत वितरण कार्यको प्रगति र सरकारका तर्फबाट चालिएका कदमबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।

यसअघि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका गतिविधिबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीसँगको छलफलपछि शीतलनिवास पुगेका लामिछानेले राष्ट्रपतिलाई प्रभावित क्षेत्रको पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा पुनर्स्थापनाका लागि भइरहेका प्रयासबारे अवगत गराएको रास्वपाले जनाएको छ।

हाल बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायको समन्वयमा खोजी, उद्धार र राहत कार्य जारी रहेको छ।