अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारको चुनावबारे गोकुल बास्कोटाको चासो, योगेश र विष्णुलाई सोध्नुभयो प्रश्न

पत्रकारको चुनावबारे गोकुल बास्कोटाको चासो, योगेश र विष्णुलाई सोध्नुभयो प्रश्न


काठमाडौं– नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनबारे नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले चासो व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बास्कोटा काठमाडौं जिल्ला शाखाका मतदाता समेत हुनुहुन्छ । पार्टीमा एकताको माग गर्ने माधव नेपाल पक्षले पत्रकार महासंघको चुनावमा विपक्षी गठबन्धनसँग सहकार्य गरेकोमा बास्कोटाले आपत्ति जनाउनुभएको छ ।

बास्कोटाले एमालेका तत्कालीन प्रचार विभाग प्रमुख योगेश भट्टराई र सचिव विष्णु रिजालको नामै लिएर प्रश्न उठाउनुभएको हो । ‘पार्टीमा एकताको माग गर्ने साथीहरुले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसँग गरेको सहकार्य कसरी मिलाउनु हुने हो ? सोध्न र व्यवहार हेर्न मन लाग्या छ । योगेश भट्टराई र विष्णु रिजाल के सोच्दै छन् होला ?,’ बास्कोटाले ट्विट गर्नुभएको छ ।

चैत २५ हुने पत्रकार महासंघको निर्वाचनमा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी विभाजित भएको छ । चौतारीले अध्यक्षमा निर्मला शर्मा र बरिष्ठ उपाध्यक्ष माधव नेपालसहितको प्यानल चुनावी मैदानमा पठाएको छ ।

तर माधवकुमार नेपाल पक्षधर चौतारीले भने कांग्रेस माओवादी गठबन्धनबाट सचिव सहित केही सदस्य लिएर चुनावमा भाग लिँदैछ ।