अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् रिपोर्टर्स क्लवबाट पुरस्कार पाउने दर्जन बढी पत्रकार, प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्दै

यी हुन् रिपोर्टर्स क्लवबाट पुरस्कार पाउने दर्जन बढी पत्रकार, प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्दै


काठमाडौं– रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा आज दर्जन बढी पत्रकार पुरस्कृत हुँदैछन् । क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्षरसञ्चालक गोपाल गुरागाईंलाई प्रदान गर्ने निर्णय भएको क्लवले जनाएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ ।

नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ समाचार सम्पादक सुवेदीसहित तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा। नवराज लम्साललाई पनि प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।

कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारीलाई दिइने पुरस्कारको राशि २५ हजार रहेको छ ।

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदीलाई दिइने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।