अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई राजेन्द्र महतोको प्रश्न– ‘प्रतिगमन पनि भन्ने, सरकार पनि नछाड्ने ?’

प्रचण्डलाई राजेन्द्र महतोको प्रश्न– ‘प्रतिगमन पनि भन्ने, सरकार पनि नछाड्ने ?’


काठमाडौं– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चरित्र द्वैध भएको बताउनुभएको छ ।

एक अनलाइनलाई अन्तर्वार्ता दिँदै उहाँले प्रश्न गर्नुभएको छ, ‘न सरकारलाई प्रचण्डजीले प्रतिगमनकारी भनिराख्नुभएको छ, उहाँको पनि सरकार हो । कुनै पनि बहानामा त्यस्तो कुरा गर्न पाइन्छ रु समर्थन फिर्ता लियो भने के हुन्छ ? संवैधानिक रुपमा प्रक्रिया अगाडि बढ्छ ।’

समर्थन फिर्ता लिनेबित्तिकै चुनाव नहुने बताउँदै उहाँले प्रधानमन्त्री बन्ने विभिन्न प्रक्रिया रहेको बताउनुभएको छ । ‘अर्को व्यक्ति प्रधानमन्त्री बन्न सक्छ । आफू समर्थन फिर्ता नलिने अनि जसपा तयार भएन त्यसैले फिर्ता नलिएको भन्ने ? यो भएन के ! काँग्रेसको सभापतिले अविश्वासको प्रस्ताव ल्याउँदैन भनिसकेपछि जसपालाई भन्ने ठाउँ नै छैन,’ उहाँको भनाइ छ ।