अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणना सुपरभाइजरको नतिजा आज

जनगणना सुपरभाइजरको नतिजा आज


काठमाडौं– राष्ट्रिय जनगणना २०७८ का लागि सुपरभाइजर पदका लागि आज नतिजा प्रकाशित हुदैछ । विभाग श्रोतका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधार उत्कृष्ट आवेदक छनौट अन्तिम चरणमा पुगेको छ ।

विभागले जनाए अनुसार करिब ८ हजार सुरपरिवेक्षकका लागि ४२ हजार जनाले आवेदन गरेका थिए । ती मध्ये छनौट सुचीमा परेका ११ हजार जनाको नाम आज सार्वजनिक हुँदैछ । यी नाम सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाइन्छ । ‘छनौट सूचीमा परेका उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाउँछौं,’ विभागका जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो, ‘त्यहाँबाट आफ्नो कार्यक्षेत्र सहित छनौट भएका उम्मेदवारले सुपरिवेक्षकको नियुक्ति पाउनेछन् ।’ प्रत्येक घरघरमा पुगेर घरपरिवार सुची फारम भर्नुपर्ने हुन्छ । त्यसबाहेक आफ्नो मातहतमा रहेका गणकलाई सहजीकरण गर्ने काम पनि सुपरीवेक्षकले गर्नेछन् ।

यसवर्ष सुपरीवेक्षक र गणकका लागि खुला आवेदन माग गरिएको थियो । अघिल्ला जनगणनामा यी कामका लागि साुमदायिक विद्यालयका शिक्षकलाई प्रयोग गरिएको थियो ।