अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवकुमार नेतृत्वको बागी समूह अध्यारो सुरुङमा : थापा

माधवकुमार नेतृत्वको बागी समूह अध्यारो सुरुङमा : थापा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेतृत्वको बागी समूह अँध्यारो सुरुङमा फसेको बताउनुभएको छ ।

ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ । जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन !’

उहाँले नेपाल पक्षलाई संयमित हुन पनि आग्रह गर्नुभएको छ । ‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ । नभए बिजोग होला है !,’ उहाँले लेख्नुभएको छ ।