अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज १७६ जनामा कोरोना संक्रमण

देशभर आज १७६ जनामा कोरोना संक्रमण


काठमाडौं- आइतबार देशभर १ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय १७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसहिच देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।