अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।