अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ चुनाव

शर्मालाई ठूला मिडिया हाउसका सम्पादकको शुभेच्छा

शर्मालाई ठूला मिडिया हाउसका सम्पादकको शुभेच्छा


काठमाडौं- भाेलि हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्नुभएकी निर्मला शर्मालाई ठूला मिडिया हाउसका सम्पादक र वरिष्ठ पत्रकारहरूले विजयीका लागि शुभेच्छा प्रकट गर्नु भएकाे छ ।

शर्माको उम्मेदवारीलाई शुभेच्छा प्रकट गर्नेहरूमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल, अनलाइन खबर डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकाल रहनुभएकाे छ ।

त्यस्तै, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट, इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहरा, हिमाल खबर डटकमका कार्यकारी सम्पादक रविन गिरी, वरिष्ठ पत्रकाररू कनकमणि दिक्षित, रघु मैनाली, आरती चटौतलगायतले पनि शर्मालाई जितको शुभकामना दिनु भएकाे छ ।

ठूला मिडिया हाउसका सम्पादकहरूको शुभेच्छा पाएपछि उम्मेदवार शर्मा उत्साहित हुनुभएको छ ।

‘ठूला मिडिया हाउसका सम्पादकहरूको शुभेच्छा र शुभकामनाले धेरै उत्साहित भएकी छु,’ अध्यक्षकी प्रत्यासी शर्माले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘म सम्पूर्ण पत्रकार साथीहरूलाई आ-आफ्नो मतदानस्थलमा गएर सही ढंगले मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’