अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा १५४ सहित देशभर आज ३०३ जनामा कोरोना पुष्टि

उपत्यकामा १५४ सहित देशभर आज ३०३ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घन्टामा नेपालमा ३ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय २५ को पीसीआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी जानकारी सार्बजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उक्त संख्या आरटीपीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ११ जना भक्तपुरमा, १५ जना ललितपुरमा र १२८ जना काठमाडौंमा सङ्क्रमितको पहिचान गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा १४१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार २७ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ ।

हाल दुई हजार ९६१ जना आइसोलेशनमा र ८३ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।