अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेकु अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार

टेकु अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार


काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मात्रै उपचार हुने भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आजदेखि कोभिड उपचार सेवामात्र दिने जानकारी दिनुभयो ।

योसँगै टेकु अस्पतामा अन्य उपचार बन्द हुने उहाँले बताउनुभयो । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथावत् रहने उहाँले बताउनुभयो ।

उहाँका अनुसार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको हो ।

गत १० दिनयता अस्पतालमा कोभिड सङ्क्रमित भर्ना हुने क्रम बढिरहेको छ । अहिले अस्पतालमा २० भन्दा बढी सङ्क्रमितहरू उपचाररत रहेको उहाँले बताउनुभयो ।

यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा पनि कोरोना उपचार हुने गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक डा. विष्णुप्रसाद शर्माले बताउनुभयो ।