अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा माओवादीको अपील : मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्नू

कर्णालीमा माओवादीको अपील : मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्नू


काठमाडौं- माओवादी केन्द्र कर्णालीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न अपील गरेको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभाकी सचेतक सीता कुमारी नेपालीले मुख्यमन्त्री भोलि बस्ने प्रदेश सभा बैठकमा शाहीको पक्षमा मतदान गर्न सांसदहरूलाई बिहीबार विज्ञप्तिमार्फत सो अपील गर्नुभएको हो । कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठक भोलि बस्दैछ ।

विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिनका लागि विश्वासको मत लिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । ‘मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर सरकारको विश्वास कायमै रहेको प्रत्याभुत गराइदिनुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गराइदिनुहुन सबै राजनीतिक दल र सम्बद्ध माननीय ज्यूहरुमा हार्दिक अपिल गर्छु,’ विज्ञप्तिमा लेखिएको छ ।

तर, एमालेका सांसद्ले फ्लोर क्रस गरे मात्र शाहीको बहुमत पुग्ने देखिन्छ । एमालेका सांसद एक ढिक्का भइसकेका छन् । माधव गुटले धोका दिए बर्खास्त गर्ने एमाले संसदीय दलले बताइसकेको छ ।

केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत माओवादीको आरोप छ । एमालेले सरकारलाई दिएको समर्थन चैत ५ गते फिर्ता लिएको थियो । त्यसपछि शाहीको सरकार अल्पमतमा परेको थियो ।

कर्णालीमा सरकार बनाउन एमालेसँग स्पष्ट बहुमत छ । ३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।