अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासलमा

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासलमा


काठमाडौं-नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक बस्दैछ। पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सहभागी हुन नेताहरू ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुग्न थालेका छन्।

बैठक आज दिउँसो बस्ने तय भएको छ। बैठकमा राष्ट्रिय कार्यकर्ता भेलाको तयारी, व्यवस्थापन तथा भेलालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। भेलामा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बस्न लागेको स्थायी कमिटी बैठकलाई भेलाको तयारीलाई अन्तिम रूप दिने बैठकका रूपमा हेरिएको छ।