काठमाडौं-नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक सुरु भएको छ। पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तथा एजेन्डाबारे छलफल गर्न बैठक बोलाइएको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिने एजेन्डा अनुमोदन गर्नेछ। त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्ने कार्यक्रम पनि रहेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने आचार्यले जानकारी दिएका छन्।
एमालेले २०८३ मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। उक्त भेलाको तयारीका सन्दर्भमा स्थायी कमिटी बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।



प्रतिक्रिया