अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश : यी हुन् ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका ४ सांसद

कर्णाली प्रदेश : यी हुन् ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका ४ सांसद


सुर्खेत- नेकपा एमालेका चार प्रदेश सभा सांसदले ‘फ्लोर क्रस’ गरेपछि कर्णाली प्रदेश सरकार जोगिएको छ ।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका ९ मध्ये चार सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मतदान गर्नु भएको हो । ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा हुनुहुन्छ ।

यी मध्ये ज्वाला माधव नेपाल समूहको कर्णाली प्रदेशका संयोजक हुनुहन्छ । उहाँले केही दिनअघि मात्र अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । साथै, बुढा पनि ज्वालासँगै मन्त्री हुनुहुन्थ्यो ।

कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको बताइएको छ ।

रुकुमकी सांसद देवी ओलीले पनि शाहीकै पक्षमा मतदान गरे पनि संख्या पुगेपछि सच्याउने समयमा एमालेको पक्षमा मत सार्नु भएको थियो ।